काठमाडौैं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले व्यवसायिक गाई तथा कुखुरा पालन तालिम प्रदान गरेको छ । पशु सेवा तालिम केन्द्र दुहवी सुनसरीको आयोजना तथा डिप्रोक्सको व्यवस्थापनमा यहि पौष १७ गतेदेखि २२ गतेसम्म झापा जिल्लाको गरामुनी शाखाका ५७ जना गाई पालन गर्ने सदस्यहरूलाई छ दिने स्थलगत गाई पालन तालिम प्रदान गरिएको संस्थाको भनाइ छ ।
यसैगरी पौष २३ गतेदेखि २७ गतेसम्म मोरङ जिल्लाको दुर्गापुरी शाखाका ४० जना कुखुरा पालक सदस्यहरूलाई छ दिने स्थलगत कुखुरा पालन तालिम प्रदान गरिएको संस्थाको भनाइ छ । उक्त तालिमहरूमार्फत ग्रामीण महिला सदस्यहरूको क्षमता अभिवृद्धि गर्नुका साथै व्यावसायिक पशुपालनतर्फ प्रोत्साहन गर्ने उदेश्य राखिएको थियो । यो तालिमबाट सहभागी पशुपालक सदस्यहरूको दीर्घकालीन रूपमा आय वृद्धि हुने विश्वाससमेत लिइएको छ ।