काठमाडौैं । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्नो २८औं शाखा थापाथलीस्थित आफ्नै भवनमा सुचारु गरेको छ । आफ्नै भवनमा केन्द्रिय कार्यालय संचालनमा ल्याएपछि, फाइनान्सले बिहीबारको दिनबाट थापाथलीस्थितको भवनमा आफ्नो थापाथली शाखालाई संचालनमा ल्याएको हो । हालसम्म २७ वाटा शाखा, तथा एक एक्सटेन्सन काउन्टर बाट सेवा प्रदान गर्दै आइरहेको मन्जुश्रीले ग्राहकहरूको माझ अझै नजिक हुन आफ्नो २८औं शाखाको सेवा सुरुवात गरेको हो ।
पुस मसान्तसम्ममा फाइनान्सले २४ अर्ब तीन करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । पुस मसान्तसम्ममा फाइनान्सको वितरणयोग्य नाफा २३ करोड ५६ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी २० रुपैयाँ तीन पैसा रहेको छ । पौष मसान्तको कुल नाफा १३ करोड ५४ लाख रहेको यस फाइनान्सले ग्राहक सेवा तथा डिजिटल बैंकिगमा अग्रसर रहि हालै आफ्ना ग्राहकहरूका लागि फोनेपेसँगको सहकार्यमा मन्जुश्री फोनेपे भर्चुअल क्रेडिट कार्ड सेवाको पनि सुरुवात गरेको छ ।