काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–१ घर भएका ३१ वर्षीय रोज बहादुर श्रेष्ठलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
रोज बहादुरले कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई कागेश्वरी मनोहरा नगरपालिका–७ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।