काठमाडौं, भदौ २४
विश्वभरि कोरोना भाइरस संक्रमणबाट आठ लाख ९६ हजार नौ सय २६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मंगलबार जानकारी दिएको छ । सो संगठनका अनुसार विश्वमा दुई करोड ७४ लाख ९२ हजार नौ सय ८२ जना कोरोना भाइरस संक्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस संक्रमित एक करोड ९५ लाख ९२ हजार दुई सय ८० व्यक्ति कोरोनामुक्त भएका छन् ।
हाल विश्वमा ७० लाख तीन हजार सात सय ७६ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । संक्रमितहरुमध्ये ६० हजार दुई सय ९८ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । कोरोना भाइरसबाट अत्यन्त प्रभावित दशवटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्यांक यी रहेका छन् ।
अमेरिकामा ६४ लाख ८५ हजार पाँच सय ७५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यहाँ ३७ लाख ५८ हजार छ सय २९ जना कोरोना भाइरस मुक्त भएका छन् भने एक लाख ९३ हजार पाँच सय ३४ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । भारतमा ४२ लाख ८० हजार चार सय २२ जना कोरोना भाइरस संक्रमित छन् । यहाँ ३३ लाख २३ हजार नौ सय ५० कोरोना भाइरसमुक्त भएका छन् भने ७२ हजार आठ सय १६ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा ४१ लाख ४७ हजार सात सय ९४ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ ३३ लाख ५५ हजार पाँच सय ६४ कोरोना भाइरसमुक्त भएका छन् भने एक लाख २७ हजार एक जनाको मृत्यु भएको छ । रुस १० लाख ३० हजार छ सय ९० जना कोरोना भाइरस संक्रमित रहेका छन । यहाँ आठ लाख ४३ हजार दुई सय ७७ कोरोना भाइरसमुक्त भएका छन् भने १७ हजार आठ सय ७१ जनाको मृत्यु भएको छ । पेरुमा छ लाख ९१ हजार पाँच सय ७५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ पाँच लाख २२ हजार दुई सय ५१ जना कोरोना भाइरसमुक्त भएका छन् भने २९ हजार नौ सय ७६ जनाको मृत्यु भएको छ ।
कोलम्बिया छ लाख ७१ हजार आठ सय ४८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ पाँच लाख २९ हजार दुई सय ७९ कोरोना भाइरसमुक्त भएका छन् भने २१ हजार छ सय १५ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा छ लाख ३९ हजार तीन सय ६२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ पाँच लाख ६६ हजार पाँच सय ५५ कोरोना भाइरसमुक्त भएका छन् भने १५ हजार चार जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा छ लाख ३७ हजार पाँच सय नौ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ चार लाख ४६ हजार सात सय १५ कोरोना भाइरसमुक्त भएका छन् भने ६७ हजार सात सय ८१ जनाको मृत्यु भएको छ । स्पेनमा पाँच लाख २५ हजार पाँच सय ४९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २९ हजार पाँच सय १६ जनाको मृत्यु भएको छ ।
अर्जेन्टिनामा चार लाख ८८ हजार सात जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ तीन लाख ५७ हजार तीन सय ८८ कोरोना भाइरसमुक्त भएका छन् भने १० हजार एक सय २९ जनाको मृत्यु भएको छ । रासस/एएफपी