दमौली (तनहुँ) । तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा आइतबार बिहान जीप दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
कोलडाँडा थर्पु भित्री सडकखण्डमा कोलडाँडाबाट थर्पुतर्फ आउँदै गरेको ग३च ५८३८ नम्बरको जीप सडकबाट अन्दाजी २० मिटर तल खस्दा म्याग्दे –४ कोलडाँडाका १३ वर्षीया कोइस्का घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिएका हुन् ।
प्रदेश अस्पताल दमौलीमा दुर्घटनामा गम्भीर घाइते भएका घर्तीलाई आइतबार बिहान चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा सोही ठाउँका १५ वर्षीय दिपसन घर्ती घाइते भएका र उनको उपचार भइरहेको छ । चालक ३० वर्षीय वसन्त घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।