काठमाडौं । सिद्धार्थ बैंक र आईएमई हस्पिटालिटी ग्रुप बिच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार लाजिम्पाटस्थित होटेल ले हिमालय तथा साके एन्ड फेङ्ग रेस्टुरेन्ट, हर्कपुर तथा बागलुङस्थित इला कम्फर्ट, मौलाकालीस्थित इला रिसोर्ट्स, मौलाकाली केबल कार, लुम्बिनी केबल कार र पोखरास्थित द लेक रिट्रिटमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नुहुने छ । यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरूमार्फत सम्पर्क गर्न सक्ने छन् ।