काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनी लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा अर्चना प्रधान नियुक्त भएकी छन् । फाइनान्सको यही माघ २ गते बसेको सञ्चालक समितिको बैठकले सहायक महाप्रबन्धक प्रधानलाई कामु प्रमुख कार्यकारीमा नियुक्त गरेको हो । सञ्चालक समितीको उक्त निर्णयसँगै प्रधानले माघ चार गतेदेखि लागू हुने गरी कामु सीईओको कार्यभार सम्हाल्लेको फाइनान्सले जानकारी दिएको छ ।
यसअघि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतको पदमा तोयराज अधिकारी रहेका थिए । उनले राजीनामा दिएपछि सञ्चालक समितिले प्रधानलाई कामु सीईओको जिम्मेवारी दिएको हो ।