काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । फागुन २१ गते हुने चुनावको मिती नजिकिए संगै आर्थिक गतिबिधि पनि बढ्दै जाँदा शेयर बजारमा उछाल देखिएको हो । सो अनुसार साताको पहिलो दिन आज आईतबार शेयर बजार परिसुचक (नेप्से) ५७ दशमलव ५५ अंकले उकालो लागेर २७ सय ७२ दशमलव १७ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव शुन्य पाँच अंकले उकालो लागेर चार सय ७३ दशमलव ४८ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ३१ वटा कम्पनीहरुको एक लाख ३३ हजार पाँच सय २९ पटकको कारोबारमा तीन करोड नौं लाख १५ हजार एक सय ८३ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार छ सय ४५ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकोमा बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका सबैं उपसमुहहरुको सुचक उकालो लागेर शेयर बजार पुरै हरियो भएको छ ।