काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सीजेएन)को कोषाध्यक्षमा आर्थिक दैनिकका पत्रकार प्रविन राउत निर्वाचित भएका छन् ।
सीजेएन सीजेएनको आइतबार सम्पन्न अधिवेशनले राउतलाई कोषाध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको हो । संस्थाको अध्यक्षमा अर्जुन खतिवडा चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा नमिता दुलाल, सचिवमा माधव खड्का, सह–सचिवमा हिरा बस्नेत रहेका छन् । यसैगरी सदस्यमा ईश्वर ढुङ्गेल र श्रीराम दाहाल चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिलाई प्रमुख निर्वाचन अधिकृत अधिवक्ता विष्णु गिरिले प्रमाणपत्र प्रदान गर्नुका साथै पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । यसअघि सम्पन्न वार्षिक साधारण सभाले अध्यक्ष काजी श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष माधव खड्काले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो । यसैबीच नवनिर्वाचित कार्यसमितिले आइतबार नै पदभार ग्रहण गरेको छ । जिम्मेवारी हस्तान्तरण कार्यक्रममा निवर्तमान कार्यसमितिका अध्यक्ष काजी श्रेष्ठ, सचिव सन्तोष रोकाया, सह–सचिव सुधा देवकोटा र सदस्य बलराम बुढाथोकीको उपस्थिति रहेको थियो ।