काठमाडौं, भदौ २४ सिभिल लघुुवित्त वित्तीय संस्थाको पाँच प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार संस्थाको उक्त संस्थाको मंगलबार पाँच प्रतिशतको अनुपातमा ५७ हजार ५७ कित्ता बोनस सेयर सूचीकृत भएको हो । संस्थाको पछिल्लो पटक छ सय ७९ रुपैयाँको सेयर कारोबार भएको छ । बजार पुँजीकरण एक अर्ब ५८ करोड ८४ लाख लौ हजार आठ सय २३ रुपैयाँ पुुगेको संस्थाको नेप्सेमा भने एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको २३ करोड ३९ लाख ३३ हजार सात सय रुपैयाँबराबरको २३ लाख ३९ हजार तीन सय ३७ कित्ता सेयर सूचीकृत रहेको छ ।