काठमाडौं । साँग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ३० करोड २५ लाख ९७ हजार आठ सय ३८ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा १९ करोड ६५ लाख ६१ हजार तीन सय रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी तीन अर्ब ७३ करोड ४० लाख ६८ हजार पाँच सय छ रुपैैयाँ रहेको बैंकले चालु आवको दोस्रो त्रैमासमा ५४ अर्ब ३९ करोड २४ लाख ४६ हजार छ सय २६ रुपैयाँ निक्षेप संकलन गरी ४४ अर्ब ४० करोड ८३ लाख २३ हजार नौ सय ३० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब आठ करोड ८० लाख ७२ हजार चार सय ५१ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा छ दशमलव ८७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा बैंकले ५४ अर्ब ६६ करोड ८४ लाख ९४ हजार तीन सय ९१ रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब ८२ कारेड ३८ लाख ९५ हजार सात सय ३७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ९१ करोड ८२ लाख ९८ हजार चार सय ९४ रुपैयाँ खुद व्याज आम्दानी गर्दा चार दशमलव ९९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।