काठमाडौं । भुजुङ हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयरको बिक्री खुल्ला भएको छ । कम्पनीले माघ १२ गते सोमबारबाट आम सर्वसाधारणका लागि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी आठ करोड ३० लाख रुपैयाँ बराबरको आठ लाख ३० हजार कित्ता साधारण सेयरको बिक्री खुल्ला गरेको हो ।
कम्पनीले सामूहिक लगानी कोषका लागि ५० हजार कित्ता र कर्मचारीहरूका लागि २० हजार कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनले तोकेका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य छिटोमा यही माघ १५ गते र ढिलोमा माघ २६ गते बन्द हुने छ ।