काठमाडौं । समृद्धि फाइनान्सले वार्षिक साधारणसभाको आह्वान गरेको छ । फाइनान्सले यही माघ १४ गते मकवानपुरको होटल एभोकाडोमा आफ्नो २४औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
वार्षिक साधारणसभामार्फत फाइनान्सले पोखरा फाइनान्ससँग हुने मर्जरको प्रस्तावलाई पारित गर्ने तयारी गरेको छ । हाल चुक्ता पुँजी ८१ करोड ८९ लाख ११ हजार चार सय रुपैयाँ रहेको फाइनान्सको पोखरा फाइनान्स गाभिएपछि चुक्ता पुँजीमा एक अर्ब आठ करोड २५ लाख ५६ हजार छ सय पाँच रुपैयाँ थप हुने छ । वार्षिक साधारणसभामार्फत फाइनान्सको पुँजी वृद्धिको प्रस्ताव पारित गर्ने, मर्जरको लागि अख्तियारी दिने, स्वाप् रेसियो कायम गर्ने लगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।