काठमाडौं, भदौ २४ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ५३ करोड तीन लाख ७९ हजार सात सय एक रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीले ५२ करोड ३२ लाख ५९ हजार एक सय २९ रुपैयाँ खुद मुनाफा कमाएको थियो । बीमा कम्पनीहरूमध्येमा सबै बढी अर्थात् चुक्ता पुँजी पाँच अर्ब ४९ करोड ६१ लाख ६० हजार रुपैयाँ रहेको कम्पनीको प्रति सेयर आम्दानी नौ रुपैयाँ ६५ पैसा रहेको छ । कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमासमा प्रतिसेयर नेटवर्थ भने एक सय ७३ रुपैयाँ ९२ पैसा रहेको छ ।