काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको नाममा रहेको ११ हजार पाँच सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यसको लागि संस्थाले प्रतिकित्ता न्यूनतम मूल्य तीन सुय १५ रुपैयाँ तोकेको छ ।
संस्थाका अनुसार हाल विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी उक्त सेयर बिक्रीमा राखिएको हो । यसका लागि आगामी ३५ दिनभित्र आवश्यकसहित काभ्रेपलाञ्चोकको बनेपा–५ स्थित कम्पनीको केन्द्रीय कार्यालयको प्रशासन विभागमा लिखित निवेदन दिनुपर्ने छ । तोकिएको म्यादभित्र संस्थापकबाट निवेदन प्राप्त नभएमा सर्वसाधारणलाई बेच्न प्रक्रिया अघि बढाइने संस्थाले जानकारी दिएको छ ।