काठमाडौँ । सपोर्ट लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा तीन करोड १७ लाख ५५ हजार सात सय ९३ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड ५५ लाख तीन हजार पाँच सय ६१ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १२ करोड २४ लाख ४३ हजार चार सय ४९ रुपैयाँ रहेको संस्थाले चालु आवको दोस्रो त्रैमासमा ५३ करोड ८५ लाख ६९ हजार तीन सय ५१ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब १४ करोड तीन लाख ९२ हजार नौ सय ३८ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड ९४ लाख ४९ हजार दुई रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा तीन दशमलव १७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ४६ करोड १५ लाख ९४ हजार आठ सय २८ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ९० करोड ७४ लाख १७ हजार ९० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड १६ लाख ४५ हजार नौं सय ६० रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा एक दशमलव ७४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।