काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा सात करोड चार लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ३४ दशमलव ६४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा पाँच करोड २३ लाख रुपैयाँ रहेको थियो ।
चालु आवको दोस्रो त्रैमासमा संस्थाको खुद ब्याज आम्दानी १२ दशमलव ५४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिसन आम्दानी सात लाख ४० हजार रुपैयाँ ऋणात्मक रहेको छ । यसैगरी संस्थाको कुल सञ्चालन आम्दानी चालु आवको दोस्रो त्रैमासमा १३ दशमलव ७८ प्रतिशत घटेको छ । यस अवधिमा सञ्चालन नाफा ३४ दशमलव ६४ प्रतिशत बढेको छ । यस अवधिमा संस्थाको वितरणयोग्य नाफा चार करोड ७५ लाख रुपैयाँ रहेको छ । चालु आवको दोस्रो त्रैमासमा संस्थाको प्रतिसेयर नेटवर्थ एक सय २८ रुपैयाँ ३१ पैसा रहेको छ ।
संस्थाको चुक्ता पुँजी हाल एक अर्ब ३४ करोड ४८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३८ करोड ७ लाख रुपैयाँ सञ्चित रहेको छ । संस्थाले चालु आवको दोस्रो त्रैमाससम्मा चार अर्ब सात करोड ५० लाख रुपैयाँ सापटीबाट चार अर्ब ६७ करोड ५६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।