काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंकको खुद नाफा बढेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा पाँच करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा एक सय २० दशमलव २६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा दुई करोड ५८ लाख रुपैयाँ रहेको थियो ।
चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ६८ दशमलव ४३ प्रतिशत बढेको छ । यसैगरी खुद फि तथा कमिसन आम्दानी एक सय ९९ दशमलव १२ प्रतिशत बढेको छ । बैंकको सञ्चालन आम्दानी पनि पछिल्लो अवधिमा ७५ दशमलव ८५ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा एक सय २० दशमलव २६ प्रतिशत बढेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा छ करोड ७९ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी ११ रुपैयाँ १६ पैसा रहेको छ ।
चालु आवको पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ६४ दशमलव १० गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ एक सय ३५ रुपैयाँ ९८ पैसा रहेको छ । हाल चुक्ता पुँजी एक अर्ब २१ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ४३ करोड ७९ लाख रुपैयाँ सञ्चित छ । चालु आवको दोस्रो त्रैमासमा बैंकले आठ अर्ब ३८ करोड ९९ लाख ७९ हजार रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ५६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।