काठमाडौं । एसियाली ब्रान्ड डेभिल्सले नेपाली क्रिकेटलाई प्रोत्साहन गर्दै नयाँ अभियान सार्वजनिक गरेको छ । कम्पनीले ‘डेभिल्स खाऊँ, मुम्बई जाऊँ’ नामक यस अभियान सार्वजानिक गरेको हो ।
अभियानमार्फत क्रिकेट प्रेमीहरूलाई टी–२० विश्वकपमा नेपालको पहिलो सहभागिताको प्रत्यक्ष साक्षी बन्ने दुर्लभ अवसर प्रदान गरिएको छ । यस अभियानअन्तर्गत, एक जनाभाग्यशाली विजेताले मुम्बईको वानखेडे स्टेडियममा फेब्रुअरी १५ बिहान ११ः१५ बजे हुने नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक खेल प्रत्यक्ष हेर्न सबै खर्च समेटिएको भर्मण जित्नेछन् । विश्व क्रिकेटका सबैभन्दा प्रतिष्ठित रंगशालामध्ये एक वानखेडे स्टेडियममा बसेर नेपालको विश्वकपडेब्यु हेर्ने अवसर दिएर, डेभिल्सले समर्थकहरूलाई खेलको केन्द्रमा ल्याउने लक्ष्य राखेको छ ।
‘डेभिल्स खाऊँ, मुम्बई जाऊँ’ अभियान डेभिल्सका आधिकारिक सामाजिक सञ्जालमार्फत सञ्चालन हुनेछ । सहभागी हुन इच्छुकले डेभिल्सको आधिकारिक पेजलाई फलो गर्नुपर्नेछ, अभियान पोस्टमा सोधिएको प्रश्नको सहीउत्तर कमेन्ट गर्नुपर्नेछ र तीन जना साथीहरूलाई ट्याग गर्नुपर्नेछ । पोस्ट सेयर गर्न भने प्रोत्साहन गरिएको छ । पुरस्कार प्याकेजमा मुम्बई आवत–जावतका हवाई टिकट, खेल प्रवेश टिकट, तीनतारे होटलमा चार दिनको बसाइ (ब्रेकफास्टसहित), एयरपोर्ट ट्रान्सफर, सिटी टुर, दर्शनीय स्थल भ्रमण, पर्यटन कर, तथा वानखेडे स्टेडियम आउजाउको सम्पूर्ण यातायात व्यवस्था समावेश गरिएको छ । एसियनथाई फुडका निर्देशक आशिषजाजुले यस अभियानमार्फत डेभिल्सले नेपाली क्रिकेटको गर्विलो क्षणलाई समर्थकहरूसँग साझा गर्दै, खेलकुदले जोड्ने भावना र उत्साहलाई अझ बलियो बनाएको बताए ।