काठमाडौं । प्रिमियम तथा नवप्रवर्तनशील टायल उत्पादन कम्पनी कजारियाले विराटनगरको मुनाल पथमा नयाँ विशेष सोरूम सञ्चालनमा ल्याएको छ । न्यु ज्योति ट्रेडर्सद्वारा सञ्चालित यस सोरूमले विराटनगर तथा आसपासका क्षेत्रमा गुणस्तरीय टायलको बढ्दो मागलाई सम्बोधन गर्ने लक्ष्य राख्दै ग्राहकहरूलाई आधुनिक र आकर्षक खरिद अनुभव प्रदान गर्नेछ । कोशी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले शुक्रबार आयोजित विशेष कार्यक्रममा सोरुमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा मिस नेपाल वर्ल्ड २०२५ लुना लुइटेल र मिस नेपाल अर्थ २०२५ सोनी घलेको समेत सहभागिता रहेको थियो । मन्त्री पराजुलीले कजारियाको लगानीले क्षेत्रीय विकासमा सहयोग गर्ने बताए । कजारियाजस्ता प्रतिष्ठित ब्रान्डहरूको कोशी प्रदेशमा विस्तार हुनु नेपालका उद्योग तथा निर्माण क्षेत्रप्रति बढ्दो विश्वासको संकेत भएको उनको भनाइ छ । साथै स्थानीय रोजगारी र आर्थिक वृद्धिमा समेत योगदान पुर्याउने उनले बताए ।
कजारिया रमेशका निर्देशक हिमांशु अग्रवालले कजारिया सधैं उच्च गुणस्तर, नवीन डिजाइन र भरपर्दो समाधान प्रदान गर्न केन्द्रित रहँदै आएको बताए । विराटनगरको केन्द्रमा रणनीतिक रूपमा अवस्थित यस नयाँ सोरूममा कजारियाका प्रिमियम टायलहरूको विस्तृत र सुसज्जित संग्रह प्रदर्शन गरिएको छ । यहाँ ग्राहकहरूले आवासीय, व्यावसायिक तथा वास्तुकलासम्बन्धी प्रयोजनका लागि उपयुक्त विभिन्न डिजाइनहरू आधुनिक र ग्राहकमैत्री वातावरणमा अवलोकन तथा छनौट गर्न सक्नेछन् ।