काठमाडौं । शेयर बजारमा सामान्य अंकले करेक्सन देखिएको छ । अघिल्लो दिन ४२ दशमलव ५८ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज पाँच दशमलव ३८ अंकले उकालो लागेर २७ सय ३१ दशमलव ८९ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव १९ अंकले ओरालो लागेर चार सय ६४ दशमलव २६ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ३४ वटा कम्पनीहरुको एक लाख २१ हजार नौं सय ९२ पटकको कारोबारमा दुई करोड ३६ लाख १८ हजार एक सय ८६ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार एक सय ८५ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकोमा पाँच वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने बाँकीको उकालो लागेका छन् । जसमध्ये बाणिज्य बैक उपसमुहको सुचक एक दशमलव ५० अंकले ओरालो लागेर १३ सय ९१ दशमलव ६२ बिन्दुमा खुम्चिदा जीवन बीमा उपसमुहको सुचक पनि ११ दशमलव ९५ अंकले ओरालो लागेर १३ हजार एक सय ६३ दशमलव ७७ बिन्दुमा खुम्चिएको छ । यसैगरी निर्जीवन बीमा उपसमुहको सुचक पनि आठ दशमलव ५६ अंकले ओरालो लागेर ११ हजार एक सय ९३ दशमलव शुन्य आठ बिन्दुमा खुम्चिएकोमा लगानी र लघुवित्त उपसमुहको सुचक पनि क्रमशः शुन्य दशमलव १७ र सात दशमलव १८ बिन्दुले खुम्चिएका छन् । बिकास बैंक उपसमुहको सुचक भने आठ दशमलव ५४ अंकले उकालो लागेर पाँच हजार नौं सय २७ दशमलव ९९ बिन्दुमा चढेकोमा फाईनान्स उपसमुहको सुचक पनि ३२ दशमलव १६ अंकले उकालो लागेर २६ सय पाँच दशमलव ८२ बिन्दुमा चढेको छ । जलबिद्युत उपसमुहको सुचक पनि ३५ दशमलव २० अंकले उकालो लागेर ३५ सय ८६ दशमलव ८६ बिन्दुमा चढ्दा होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य र लगानी उपसमुहको सुचक पनि क्रमशः चार दशमलव शुन्य छ, ३८ दशमलव ७४, शुन्य दशमलव शुन्य पाँच, सात दशमलव ३५ र आठ दशमलव ४८ बिन्दुले उकालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कर्पोेरेट डेभलपमेन्ट बैंक परेको छ भने गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गुडविल फाईनान्सको ऋणपत्र २०८३ परेको छ । बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने आखुखोला जलबिद्युत कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ ।