काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ३० करोड ४८ लाख ५२ हजार नौ सय २८ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ४६ करोड १० लाख १७ हजार छ सय ४७ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख २२ हजार नौ सय २८ रुपैयाँ रहेको बैंकले चालु आवको दोस्रो त्रैमासमा तीन खर्ब ६४ अर्ब ८७ करोड ६१ लाख ३८ हजार दुई सय ६९ रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब ३० अर्ब ३० करोड तीन लाख ३४ हजार सात सय १५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब ४४ करोड २९ लाख १५ हजार चार सय ८२ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा पाँच दशमलव ३४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
गत आवको सोही अवधिमा भने बैंकले तीन खर्ब ३२ अर्ब नौ करोड २३ लाख १३ हजार ४७ रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब २० अर्ब ४९ करोड ९७ लाख ७७ हजार नौ सय १६ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब ६२ करोड ६६ लाख ४१ हजार दुई सय तीन रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा चार दशमलव ९९ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।