काठमाडौं । सालपा विकास बैंक खुद नोक्सानीमा देखिएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड चार लाख एक हजार दुई सय तीन रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा पनि बैंकले १३ लाख ९२ हजार नौ सय ७७ रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो ।
हाल चुक्ता पुँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँ रहेको बैंकले चालु आवको दोस्रो त्रैमासमा एक अर्ब ५३ करोड १९ लाख ६८ हजार ९२ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब १४ करोड २९ लाख ४१ हजार तीन सय ९६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई करोड ८१ लाख ५० हजार चार सय ८४ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा चार दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक अर्ब ३८ करोड १६ लाख ७२ हजार आठ सय १७ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब नौ करोड ६२ लाख ३७ हजार २९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन करोड ६५ लाख ७५ हजार आठ सय तीन रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा पाँच दशमलव ७१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।