काठमाडौं । डिजिटल वालेट कम्पनी ’खल्ती’ ले आकर्षक अभियान ’खल्ती चलाऊ, वर्ल्ड कप जाऊ’ सार्वजनिक गरेको छ । यो अभियान क्रिकेट प्रशंसकहरूको सपनालाई वास्तविकतामा बदल्ने उद्देश्यले ल्याइएको कम्पनीले जानकारी दिएको छ ।
नेपाली क्रिकेट टोलीको यो गौरवशाली यात्रालाई उत्सवको रूपमा मनाउन खल्तीले एक भाग्यशाली जोडीलाई सबै खर्च बेहोरिने गरी प्रत्यक्ष रूपमा रंगशालामै बसेर विश्वकप हेर्ने सुवर्ण अवसर प्रदान गर्दै छ । यस अभियानलाई रमाइलो बनाउन खल्तीले एक ’गेमिफाइड’ अनुभव प्रस्तुत गरेको छ । प्रयोगकर्ताहरूले केबल कारोबार मात्र गर्ने छैनन् बरु आफ्नै ’डिजिटल टिम’ निर्माण गर्ने कम्पनीको भनाइ छ । यसको लागि खल्ती एपमार्फत मान्य कारोबारहरू गर्दा प्रयोगकर्ताले एक डिजिटल ’स्क्र्याच कार्ड’ प्राप्त गर्ने छन् । प्रत्येक स्क्र्याच कार्डमा नेपालको राष्ट्रिय टोलीका ११ मध्ये एक खेलाडीको कार्ड रहनेछ । बम्पर उपहारको लक्की ड्रमा योग्य हुन प्रयोगकर्ताले ११ वटा छुट्टाछुट्टै खेलाडीका कार्डहरू संकलन गरी सेट पूरा गर्नुपर्ने छ । यो अभियानमा अन्तिम विजेता मात्र नभई, कार्ड संकलनको यात्राभरि प्रयोगकर्ताहरूले विभिन्न पुरस्कारहरू जित्न सक्ने छन् । निश्चित उपहारः २, ५, ७, र ११ वटा युनिक प्लेयर कार्डहरू संकलन गर्दा प्रयोगकर्ताहरूले प्रोमोकोडहरू प्राप्त गर्ने छन् ।
पाक्षिक पुरस्कारअन्तर्गत पाँचवटा युनिक कार्ड संकलन गर्ने प्रयोगकर्ताहरूमध्येबाट हरेक १४ दिनमा एक जना भाग्यशाली विजेताले ब्रान्ड न्यू अनर एक्स ८डी स्मार्टफोन जित्न सक्ने छन् । यसैगरी बम्पर पुरस्कारअन्र्तगत ११ वटै प्लेयर कार्डहरू सफलतापूर्वक संकलन गर्ने प्रयोगकर्ताहरू अन्तिम लक्की ड्रमा सहभागी हुनेछन्, जहाँ एक भाग्यशाली जोडीले विश्वकपको पूर्ण प्रायोजित यात्रा जित्ने छन् । यो अभियान माघ १३ गतेदेखि फागुन २१ गतेसम्म लागु हुने छ कम्पनीले जानकारी दिएको छ । खल्ती प्रयोगकर्ताहरूले दैनिक उपभोग्य सेवाहरूको भुक्तानी जस्तै युटिलिटी बिल, टप–अप, र अन्य कारोबारहरू खल्ती एपमार्फत गरी यस योजनामा सहभागी हुन सक्ने कम्पनीको भनाइ छ ।