काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा वाणिज्य बैंकहरूको खुद नाफासँगै निष्क्रिय कर्जा पनि बढेको छ । बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणले खुद मुनाफा र निष्क्रिय कर्जामा बढोत्तरी भएको देखाएको हो ।
विवरणअनुसार साउनदेखि पुससम्म २० वाणिज्य बैंकले कुल ३० अर्ब ५९ करोड ३९ लाख सात हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिको तुलनामा तीन अर्ब १५ करोड ६९ लाख १३ हजार रुपैयाँ अर्थात् ११ दशमलव ५१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकहरूले कुल २७ अर्ब ४३ करोड ६९ लाख ९४ हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए ।
यस अवधिमा एनएमबी, नेपाल इन्भेष्टमेन्ट मेगा, स्टान्डर्ड चार्टर्डसहितका नौवटा बैंकको खुद मुनाफा घटे पनि बाँकी ११ वटा बैंकको बढेको छ । पुससम्म सबैभन्दा बढी नाफा नबिल र ग्लोबल आईएमई बैंकले गरेका छन् । नबिलले चार अर्ब ७५ करोड ९६ लाख ४१ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा ग्लोबलले तीन अर्ब २५ करोड २१ लाख १७ हजार रुपैयाँ कमाएको छ । यस अवधिमा यी दुई बैंकमा क्रमशः चार दशमलव २५ र चार दशमलव ९१ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा भने नबिलले तीन अर्ब २४ करोड ४२ लाख ७७ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा ग्लोबलले तीन अर्ब पाँच करोड ३४ लाख ८९ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो । सो अवधिमा निष्क्रिय कर्जाको अनुपात क्रमशः चार दशमलव ९३ र चार दशमलव ८६ प्रतिशत रहेको थियो ।
यीबाहेक स्टान्डर्ड चार्टर्ड, सिटिजन्स र हिमालयन बैंकले क्रमशः ८२ करोड ४२ लाख ३२ हजार, ३५ करोड ८८ लाख ५८ हजार र एक अर्ब २९ करोड २६ लाख ८१ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । तीनवटै बैंकमा क्रमशः एक दशमलव ८८, छ दशमलव ८६ र सात दशमलव ९३ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
गत आवको सोही अवधिमा यी बैंकहरूले क्रमशः एक अर्ब आठ करोड २० लाख, ६६ करोड १८ लाख २८ हजार र एक अर्ब ५१ करोड ८७ लाख रुपैयाँ खुद मुनाफा कमाउँदा क्रमशः एक दशमलव ७१, चार दशमलव ८५ र चार दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । यता, प्रभु, कृषि र कुमारी बैंकले पनि चालूु आवको दोस्रो त्रैमासमा क्रमशः एक अर्ब एक करोड ४४ लाख, ७० करोड ७४ लाख २६ हजार र दुई अर्ब ७२ करोड रुपैयाँ खुद मुनाफा कमाउँदा क्रमशः दुई दशमलव ७१, चार दशमलव ६५ र छ दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी बैंकहरूले क्रमशः एक अर्ब ३३ करोड ६१ लाख, ९५ करोड ७५ लाख र २७ करोड ५७ लाख रुपैयाँ खुद मुनाफा कमाउँदा क्रमशः शून्य दशमलव ६२, चार दशमलव ९० र छ दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
पुससम्मको अवधिमा नेपाल बैंक, माछापुच्छ्रे र सिद्धार्थ बैंकले पनि क्रमशः एक अर्ब ३० करोड ४८ लाख, एक अर्ब एक करोड ११ लाख र एक अर्ब ३२ करोड रुपैयाँ खुद मुनाफा कमाउँदा क्रमशः पाँच दशमलव ३४, चार दशमलव २५ र तीन दशमलव ४५ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी बैंकहरूले क्रमशः ४६ करोड १० लाख, ८० करोड ७३ लाख र ५३ करोड दुई लाख रुपैयाँ खुद मुनाफा कमाउँदा क्रमशः चार दशमलव ९९, चार दशमलव ५४ र चार दशमलव ५० प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
लक्ष्मी सनराइज बैंकले भने चालू आवको दोस्रो त्रैमासमा २७ करोड ६३ लाख १५ हजार रुपैयाँ खुद नोक्सानी बेहोर्दा पाँच दशमलव ५० प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यो बैंकले एक अर्ब १६ करोड रुपैयाँ खुद मुनाफा कमाउँदा पाँच दशमलव ६७ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
एनआईसी एसिया, एनएमबी र प्राइम कमर्सियल बैंकले पनि चालू आवको दोस्रो त्रैमासमा क्रमशः १३ करोड ११ लाख ९१ हजार, एक अर्ब चार करोड ८६ लाख र दुई अर्ब चार करोड ३३ लाख रुपैयाँ खुद मुनाफा कमाउँदा क्रमशः एक दशमलव ५७, चार दशमलव ५६ र छ दशमलव ३८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी बैंकहरूले क्रमशः एक अर्ब ५१ करोड ७३ लाख, दुई अर्ब तीन करोड ५४ लाख र एक अर्ब ८६ करोड ९९ लाख रुपैयाँ खुद मुनाफा कमाउँदा क्रमशः एक दशमलव ४७, तीन दशमलव ९६ र चार दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आवको दोस्रो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि चालू आवको दोस्रो त्रैमासमा क्रमशः एक अर्ब ७७ करोड, दुई अर्ब ११ करोड ११ लाख र एक अर्ब ६१ करोड ३० लाख रुपैयाँ खुद मुनाफा कमाउँदा क्रमशः चार दशमलव ३६, शून्य दशमलव ६८ र सात दशमलव ९० प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी बैंकहरूले क्रमशः ७६ करोड ३० लाख, दुई अर्ब सात करोड ७४ लाख र दुई अर्ब ८३ करोड २३ लाख रुपैयाँ खुद मुनाफा कमाउँदा क्रमशः चार दशमलव ९६, शून्य दशमलव ३६ र पाँच दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
सानिमा र नेपाल एसबीआई बैंकले पनि चालू आवको दोस्रो त्रैमासमा क्रमशः एक अर्ब ३९ करोड १० लाख र एक अर्ब तीन करोड १४ लाख रुपैयाँ खुद मुनाफा कमाउँदा क्रमशः एक दशमलव ३३ र दुई दशमलव ६४ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । गत आवको सोही अवधिमा यी दुई बैंकहरूले क्रमशः एक अर्ब १९ करोड २३ लाख र ९० करोड दुई लाख रुपैयाँ खुद मुनाफा कमाउँदा क्रमशः एक दशमलव ५१ र तीन दशमलव ५५ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।