काठमाडौं । एनआईसी एसिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १३ करोड ११ लाख ६१ हजार छ सय ७३ रूपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा १५ करोड १७ लाख ३० हजार तीन सय ८७ रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रूपैयाँ रहेको बैंकले चालु आवको दोस्रो त्रैमासमा तीन खर्ब २७ अर्ब ५० करोड १४ लाख १२ हजार तीन सय ५१ रूपैयाँ निक्षेप संकलन गरी दुई खर्ब नौ अर्ब ३१ करोड १२ लाख ८६ हजार सात सय ९० रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब ३६ करोड ३८ लाख ६३ हजार चार सय ६९ रूपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ५७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले तीन खर्ब १९ अर्ब छ करोड ५९ लाख ९७ हजार चार सय ४४ रूपैयाँ निक्षेप संकलन गरी दुई खर्ब २४ अर्ब १२ करोड १८ लाख ५६ हजार एक सय चार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच अर्ब १६ करोड ८८ लाख ६४ हजार ९२ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ४७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।