काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना एजेन्सि लिडरहरूलाई नेसनल एन्टिमनि लन्डरिङ्ग डे को अवसरमा सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी तालिम प्रदान गरेको छ ।
जीवन बीमा क्षेत्रमा हुन सक्ने सम्भावित जोखिमको पहिचान एवं रोकथाम र सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुन, नेपाल बीमा प्राधिकरणबाट जारी निर्देशिका एवं निर्देशनहरू लगायतका विषयमा सहभागीहरूलाई जानकारी दिइएको थियो । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुन पालनाले कम्पनीको सुशासन सबल बनाउन र ग्राहकको विश्वास बढाउन सहयोग पुर्याउने कम्पनीको विश्वास रहेको छ ।
तालिम कार्यक्रमको समापनमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले सम्पूर्ण अभिकर्ता साथीहरूलाई सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणमा रहेका कानुनी व्यवस्थाहरूलाई पूर्ण रूपमा पालना गर्न कटिबद्ध भएर लाग्न निर्देशन दिए ।