काठमाडौं । सानिमा रिलायन्स लाइफले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसहित अपरेसनल प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको जानकारी दिएको छ । कम्पनीले प्रदेश १ र २ मा कार्यरत कर्मचारीहरू सम्मिलित कार्यक्रम यहि माघ ३ र ५ गते आयोजना गरिएको थियो ।
उक्त नियमित प्रशिक्षण कम्पनीको प्रमुख संचालन अधिकृत ज्ञान रायमाझीका साथै अभिकर्ता विभाग प्रमुख विशाल श्रेष्ठ, ग्राहक सेवा विभाग प्रमुख ज्ञानेन्द्र देव भट्ट तथा दाबी विभाग प्रमुख संजिव सिंहले प्रदान गरेका थिए ।
प्रमुख संचालन अधिकृतले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय संस्थाबाट हुनसक्ने समस्या तथा त्यसका समाधानहरूको बारेमा प्रशिक्षण प्रदान गरेका थिए । प्रशिक्षणमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी ऐन, नियमावली र निर्देशनबमोजिमको कार्य प्रभावकारी रूपमा गर्न गराउन, आवश्यक नीति, कार्यविधि, नियन्त्रण प्रणाली, जनशक्ति, साधन श्रोतसमेतको समुचित व्यवस्था मिलाउने लगायत कर्मचारीहरूको काम कर्तव्य र अधिकार आदिको विषयमा छलफल गरिएको थियो । कर्मचारीहरूको क्षमता र सीप अभिवृद्धि गर्दै बीमाको बदलिँदो परिवेशसँग आफूलाई अभ्यस्त गराउँन यस्तो खालको कार्यक्रमले सहयोगी भूमिका निर्वाह गर्ने कम्पनीले विश्वास लिएको छ । आफ्नो ग्राहकवर्गको आवश्यकता पहिचान गरी उनीहरूलाई निष्पक्ष परामर्श आवश्यकता रहेको हुन्छ । साथै उपस्थित विभागीय प्रमुखहरूले कम्पनिमा अभिकर्ता र ग्राहकहरूलाई चुस्त दुरुस्त सेवा प्रदान गर्न अपनाउनु पर्ने प्रक्रिया र तरिकाहरूको बारेमा केन्द्रित थियो । कर्मचारीहरूको वृद्धिविकासको लागि यस्तो किसिमको कार्यक्रमहरू देशैभरिका शाखा तथा प्रादेशिक कार्यालयमा गरिने कम्पनीले जनाएको छ । यो सँगै कम्पनीले कार्यरत कर्मचारीलाई विदेशमा समेत लगेर विभिन्न किसिमका प्रशिक्षणहरू प्रदान गर्दै आएको छ । कम्पनीले हाल देशभर एक सय ६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ ।