काठमाडौं । आईसीसी मेन्स टी–२० विश्वकप क्रिकेटका सम्पूर्ण खेलहरू एक्सट्रिम इनर्जी ड्रिंक्सको मुख्य प्रायोजनमा कान्तिपुर म्याक्स टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण हुने भएको छ । बिहीबार आयोजित एक कार्यक्रममा कान्तिपुर म्याक्स र एक्सट्रिम इनर्जी ड्रिंक्सबीच प्रायोजनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौतामा कान्तिपुर म्याक्सका बिजनेस हेड सागर केसी र एक्सट्रिम इनर्जी ड्रिंक्सका सेल्स हेड पवनकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । नेपाली टेलिभिजन च्यानलमार्फत पहिलो पटक आईसीसी टी–२० विश्वकप क्रिकेट प्रत्यक्ष प्रसारण हुन लागेको हो । कान्तिपुर म्याक्सले विश्वकपका सम्पूर्ण ५५ खेल प्रत्यक्ष प्रसारण गर्नेछ । खेलहरू कान्तिपुर म्याक्समा अंग्रेजी कमेन्ट्री र कान्तिपुर म्याक्स–२ मा नेपाली कमेन्ट्रीसहित प्रसारण हुनेछ । विश्वकपका खेल हुने दिनहरूमा एक्सट्रिम इनर्जी ड्रिंक्सको सहकार्यमा प्रि–म्याच तथा पोस्ट–म्याच विशेष कार्यक्रमहरू सञ्चालन गर्ने छ । कार्यक्रमहरूमा क्रिकेट विज्ञहरूसँग खेलको गहिरो विश्लेषण, समीक्षा र छलफल प्रस्तुत गरिनेछ, जसले दर्शकहरूलाई खेलको रोमाञ्च अझ नजिकबाट अनुभूति गराउने अपेक्षा गरिएको छ । एक्सट्रिम इनर्जी ड्रिंक्सले विभिन्न सोसल मिडिया तथा उपभोक्ता–केन्द्रित क्याम्पेनहरू सञ्चालन गर्दै ४० जना भाग्यशाली क्रिकेट प्रेमीलाई मुम्बईमा आईसीसी टी–२० विश्वकपका खेलहरू स्टेडियममै गएर प्रत्यक्ष अवलोकन गर्ने आकर्षक प्याकेज प्रदान गरेको छ ।
उक्त प्याकेजअन्तर्गत विजेताहरूले खेलाडीहरूलाई प्रत्यक्षरूपमा हौसला प्रदान गर्ने अवसर समेत पाएका छन्, जसले नेपाली क्रिकेट प्रेमीहरूको सहभागिता र उत्साहलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने अपेक्षा कम्पनीको रहेको छ । एक्सट्रिम इनर्जी ड्रिंक्सले विश्वकप प्रसारणमार्फत नेपाली क्रिकेट प्रेमीहरूसँग अझ बलियो सम्बन्ध स्थापित हुने विश्वास लिएको छ । ‘खेल, जोस र ऊर्जाको संगम’ भन्ने ब्रान्ड भावनाअनुसार यस्ता अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रमसँग सहकार्य गर्नु गर्वको विषय भएको एक्सट्रिम इनर्जी ड्रिंक्सले जनाएको छ । हाल एक्सट्रिम इनर्जी ड्रिंक्स र कान्तिपुर म्याक्सको सहकार्यमा पोखरामा भइरहेको टाइगर कप भलिबल प्रतियोगीता प्रत्यक्ष प्रसारण भइरहेको छ भने काठमाडौंमा सम्पन्न महिला टी–२० विश्वकप ग्लोबल छनोट, तथा नेपाल प्रिमियर लिग क्रिकेटलगायत विभिन्न खेलकुद प्रतियोगिताहरू प्रत्यक्ष प्रसारण भइसकेको छ ।