आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सल्यानबाट स्वतन्त्र उम्मेदवारी दिएका जुद्धबहादुर सिंह पक्राउ परेका छन्।बुधबार साँझ काठमाडौंको भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्पअगाडि ‘खतरा’ लेखिएको झोला फालेर भाग्न खोजेको अवस्थामा उनलाई सेनाको टोलीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएपछि सिंहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीका अनुसार घटनाबारे अनुसन्धान जारी रहेको छ। प्रहरीका अनुसार शंकास्पद रूपमा फालिएको झोला जाँच गर्दा भित्र इँट्टा मात्र फेला परेको थियो। घटनाको उद्देश्य र पृष्ठभूमिबारे भने प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।