काठमाडौं,शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन १९ दशमलव ८५ अंकले खुम्चिएको नेप्से परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार भने एक दशमलव ५३ अंकले उकालो लागेर २६ सय ९५ दशमलव ७३ बिन्दुमा चढेको छ ।क बर्गका कम्पनीहरुको कारोबार मापन गनैं सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ७५ अंकले ओरालो लागेर चार सय ५९ दशमलव १६ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ३० वटा कम्पनीहरुको ९१ हजार ६१ पटकको कारोबारमा एक करोड ७५ लाख सात हजार सात सय ७६ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम आठ अर्ब २२ करोड ३९ लाख ६५ हजार छ सय ६९ रुपैंयाँ कायम भएको छ । धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकोमा बिकास बैंक, निर्जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुलक र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् भने बाँणिज्य बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, लगानी, लघुवित्त, सामुहिक लगानी कोष र अन्य उपसमुहको सुचक ओरालो लागेका छन् ।