काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासिकमा खुद नाफा ९९ प्रतिशतले वृद्धि गरेको छ । आर्थिक वर्ष २०८२÷८३ को ६ महिनामा खुद नाफा ९९ दशमलव ३३ प्रतिशत अर्थात् १३ करोड ४४ लाख रुपैयाँ पुगेको कम्पनीले सार्वजनिक गरेको अनअडिटेड वित्तीय विवरणमा उल्लेख छ । जुन गत आर्थिक वर्षको सोही अवधिमा भने छ करोड ७४ लाख मात्र थियो ।
त्यस्तै कम्पनीले कर्जा तथा अग्रिम पोर्टफोलियोसमेत दोब्बरभन्दा बढी विस्तार गरेको छ । वित्तीय विवरणअनुसार यस अवधिमा १० अर्ब ६४ करोड ८० लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा शत प्रतिशतभन्दा बढीले वृद्धि भएको हो । ब्याज आम्दानी ४१ करोड ७७ लाख रुपैयाँ अर्थात् २२० दशमलव ०७ प्रतिशतले बढेको हो । लागत नियन्त्रण र जोखिम व्यवस्थापनमा सुधार गर्दै सञ्चालन नाफालाई २१ करोड ९९ लाख रुपैयाँसम्म पु¥याएको वित्तीय रिपोर्टमा उल्लेख गरिएको छ । नन–पर्फर्मिङ लोन(एनपीएल) अनुपात ४ दशमलव ६८ प्रतिशतबाट घटेर ३ दशमलव ०५ प्रतिशतमा झरेको छ । यसले सम्पत्तिको गुणस्तरमा पनि कम्पनीले सुधार भएको देखाएको छ । कम्पनीले भनेको छ, ‘विगतभन्दा सुधारिएको रिकभरी प्रक्रिया र क्रेडिट अनुगमन प्रणाली महत्वपूर्ण भूमिका खेलेको छ, प्रमुख वित्तीय सूचकांकहरूमा पनि सकारात्मक सुधार आएको देखिएको छ ।’ प्रतिसेयर आम्दानी ३२ दशमलव ३९ रुपैयाँ, इक्विटी प्रतिफल १६ दशमलब ५६ प्रतिशत र नेटवर्थ प्रतिसेयर खुद सम्पत्ति मूल्य १९५ दशमलव ६२ रुपैयाँ पुगेको छ ।