लन्डन, भदौ २५
इंग्ल्यान्डका चर्चित फुटबलर डेभिड बेकह्यामको सेयर स्वामित्व रहेको एउटा कम्पनी लन्डन स्टक मार्केटमा सूचीकृत हुने भएको छ । बीबीसीका अनुसार उक्त कम्पनीले २ करोड पाउन्ड स्टर्लिङ सेयर मार्केटबाट उठाउनको लागि कम्पनी लन्डन स्टकमा सूचीकृत हुनलागेको हो ।
गिल्ड एस्पर्ट बेलायतमै फुटबल समर्थकलाई कम्पनीको सेयर बिक्री गर्ने पहिलो कम्पनी हुने बताइएको छ । एस्पर्ट भिडियो गेमिङ कम्पनी हो, जसले लकडाउनका बेला उचाइ लिएको थियो । उक्त कम्पनीले ग्लोबल अनलाइन गेम्समा फिल्ड टिम तयार गर्ने योजना बनाएको छ । उसले प्रिमियर लिगका ट्यालेन्ट खेलाडीको जस्तै फुटबल स्किल बनाउने बताएको छ ।
एस्पर्टले अर्को महिना धेरै संख्याका लगानीकर्तालाई आईपीओ जारी गर्ने बताइएको छ । यसबाट संकलित रकम सबै आफ्नो बजार विस्तारमा खर्च गर्ने कम्पनीले जनाएको छ । बेकह्यामजस्तै ग्यारेथ बेलले पनि यसअघि नै व्यवसायमा हात हालिसकेका छन् ।