काठमाडौं, शेयर बजार परिसुचक नेप्से पुन खुम्चिएको छ । अघिल्लो दिन एक दशमलव ५३ अंकले उकालो लागेको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार १२ दशमलव ५८ अंकले ओरालो लागेर २६ सय ८३ दशमलव १५ बिन्दुमा खुम्चिएको छ ।क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४५ अंकले ओरालो लागेर चार सय ५६ दशमलव ७१ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय २२ वटा कम्पनीहरुको ९२ हजार तीन सय ३८ पटकको कारोबारमा एक करोड ८७ लाख तीन हजार एक सय ८३ कित्ता शेयर किनबेच भएका छन् ।
जसबाट आज कुल कारोबार रकम आठ अर्ब ६३ करोड १५ लाख १२ हजार पाँच सय ४२ रुपैंयाँ कायम भएको छ । धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएको छन् । जसमध्ये होटल तथा पर्यटन, उत्पादनमुलक र सामुहिक लगानी कोष उपसमुहको सुचक उकालो लागेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १० वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।