विराटनगर, सुुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालित केही उद्योगीहरूले वित्तीय सूचक भए पनि कम्पनीको नाममा आईपीओ जारी गरेर आफू बाहिरिने कसरतमा लागेका छन् ।पछिल्लो समय सुुनसरी मोरङ औद्योगिक करिडोरका केही उद्योगीले केही रूपैयाँ लगानी गर्ने, सो लगानीका आधारमा बैंकबाट कर्जा लिने, कर्जाको बलमा कम्पनी चलाउने र लकइन खुलेपछि सोझा लगानीकर्तालाई सेयर बेचेर बाहिरिने दाउमा रहेको खुलेको हो । खासगरी प्राथमिक बजारमा लगानीकर्ताको आकर्षण बढेपछि उक्त क्रम उच्च रूपमा बढेको बताउन थालिएको छ । उत्पादनमूलक क्षेत्रका व्यवसायीले ऋणको ब्याज तिर्न धौधौ अवस्थामा रहेपनि कागजी नाफा देखाएर आईपीओ जारी गर्ने र लगानी सुरक्षित गरेर बाहिरिने गरेको स्रोतको दाबी छ । ऋणको किस्ता पनि नधान्ने अवस्थामा रहेका उद्योगलहरूले धमाधम कागजी नाफा देखाएर आईपीओ जारी गरी सोझा लगानीकर्तालाई फसाउन थालेका हुन् । यहाँका एक उद्योगीका अनुसार दुई वर्ष अगाडि सुुनसरी मोरङ औद्योगिक करिडोरको सोनापुुर सुुनसरीमा सञ्चालित सोनापुुर मिनरल वाटरको सियर खरिद गर्ने सर्वसाधारणको लगानी जोखिम हुने स्थितिमा रहेको छ । त्यसैगरी सुुनसरीको खनारमा रहेको रिलायन्स इस्पिनीङ्गले जारी गरेको आईपीओमा पनि सेटिङ्ग भएको खुलेको छ । यसरी उद्योगिले आफू लगानी कुुम्ल्याउँने र सर्वसारणलाई आईपीओ जारी गर्दै जोखिममा पार्ने धन्दा मौलाउन थालेको एक उद्योगीले बताए । तर राम्रो कम्पनीका लगानीकर्ता हत्तपत्त आईपीओ जारी गरिहाल्न नचाहेको उनले बताए ।हाल उत्पादनमूलक उद्योग सञ्चालनमा स्थिरीकरणको जोखिम प्रमुख चुनौतीका रूपमा रहेको छ । उत्पादनमा आएको उद्योग पूर्ण क्षमतामा चल्न समय लाग्ने गरेको छ । आम्दानी स्थिर नहुनु र नाफा ऋणात्मक रहनुले कम्पनीले कमाइ गर्न नसक्दा उद्योगीलाई उच्च ऋण भार पर्ने गरेको छ । सोही भारका कारण उद्योगीहरूले लगानी उठाउनको लागि कागजी नाफा देखाएर कम्पनीको प्राथमिक सेयर निष्कासन गर्ने गरेका छन् । स्रोतका अन्ुुसार चालु पुँजी व्यवस्थापन पनि कम्पनीका लागि ठूलो चुनौती बनेको हुुन्छ । कुल पुँजीको करिब ५२ प्रतिशत चालु पुँजी कर्जा (वर्किङ क्यापिटल)मै फस्नु, सामान बिक्री भई रकम उठ्न ९३ दिन लाग्नु र मौज्दात दुई सय ११ दिनसम्म थन्किनुले पनि कम्पनीको सञ्चालन चापलाई देखाउने उद्योगीहरू बताउँछन् । यसरी आपूर्तिकर्ताको दुई सय ८१ दिनको उधारोमा निर्भर रहनु पनि दीर्घकालीन रूपमा जोखिमपूर्ण मानिएको छ, किनकि सर्त कडा भएमा आपूर्ति शृंखला अवरुद्ध हुनसक्ने तर्क उद्योगिको छ । सोही समस्याबाट बच्नको लागी हाल उद्योगीहरूलाई अचुक औषधिको रूपमा आईपीओ निष्कासन बनेको छ ।