सर्लाहीको लालबन्दीस्थित एक लघुवित्त वित्तीय संस्थामा दिनदहाडै लुटपाट भएको छ। बिहीबार दिउँसो ५–६ जनाको अज्ञात समूह संस्थाभित्र प्रवेश गरी लुटपाट मच्चाएको हो।इलाका प्रहरी कार्यालय लालबन्दीका इन्सपेक्टर वीरेन्द्र सिंह जोखारीका अनुसार लुटपाटका क्रममा समूहले लघुवित्तका कर्मचारीमाथि छुरा प्रहारसमेत गरेको छ।
छुरा प्रहारबाट केही कर्मचारी घाइते भएका छन्। घाइतेहरूको अवस्था र पहिचानबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।लुटेरा समूहले कर्मचारीलाई कोठाभित्र थुनेर नगद तथा अन्य सामग्री लुटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर घेराबन्दी गर्दै आवश्यक अनुसन्धान अघि बढाएको छ। लुटपाटमा संलग्न समूहको पहिचान र पक्राउका लागि खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।