काठमाडौं ।माओवादी सशस्त्र संघर्षका क्रममा भएका विभिन्न हिंसात्मक घटनाबाट प्रभावित आत्माको शान्ति र राष्ट्रमा शान्ति स्थापना गर्ने उद्देश्यसहित “पञ्च उग्रमहापाप निवारण राष्ट्र शान्ति महायज्ञ २०८२” आयोजना गरिने भएको छ।आयोजकका अनुसार माघ २६ गतेदेखि फाल्गुन ४ गतेसम्म पाशुपत क्षेत्रको वनकालीमा महायज्ञ सञ्चालन हुनेछ। महायज्ञमा गुरु श्रीनिवास आचार्यले शंकल्पसहित हवन कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम तय गरिएको छ। आयोजकले विगतका द्वन्द्वकालीन घटनाहरूलाई ‘पञ्चमहापाप’का रूपमा उल्लेख गर्दै तिनको निवारण तथा दिवंगत आत्माहरूको शान्तिका लागि धार्मिक अनुष्ठान गर्न लागिएको जनाएको छ।महायज्ञमा सहभागी हुन प्रधान सेनापति, सशस्त्र प्रहरी महानिरीक्षक, नेपाल प्रहरी महानिरीक्षकलगायत विशिष्ट व्यक्तित्वहरूलाई निमन्त्रणा गरिएको आयोजकले जानकारी दिएको छ। कार्यक्रममा धार्मिक विधि–विधानअनुसार पूजा, हवन तथा शान्ति पाठ गरिने जनाइएको छ। आयोजकका अनुसार महायज्ञले सामाजिक सद्भाव र राष्ट्रमा शान्ति प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ।