काठमाडौं, भदौ २५ नागरिक लगानी कोषले एक अर्ब ३५ करोड ९२ लाख ५९ हजार दुुई सय रुपैयाँबराबरको हकप्रद सेयरको लागि आवेदन दिएको छ । कोषले भदौ २२ गते सोमबार नेपाल धितोपत्र बोर्डसमक्ष हकप्रद सेयर जारी गर्नको लागि अनुुमति माग गर्दै आवेदन दिएको हो । कोषले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब ६४ करोड रुपैयाँमध्येबाट एकबराबर शून्य दशमलव ८२ प्रतिशतको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी एक करोड ३५ लाख ९२ हजार पाँच सय ९२ कित्ता हकप्रद सेयर जारी गर्नको लागि बोर्ड समक्ष आवेदन दिएको हो । हकप्रद सेयर जारी गरेपश्चात् भने कोषको चुक्ता पुँजी एक अर्ब ६४ करोड रुपैयाँ पुुग्नेछ । कोषको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा भने आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।