बैंक तथा वित्तीय संस्थाहरूमा जति कम मात्रामा निष्क्रिय कर्जा हुन्छ, त्यो संस्थालाई वित्तीय रुपमा स्वस्थ मानिन्छ । तर जति बढी कर्जा निष्क्रिय हुन्छ, उत्तिकै रुपमा यस्ता संस्था वित्तीय हिसाबले कमजोर भएको मानिन्छ । नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम निष्क्रिय कर्जासम्बन्धी व्यवस्थाअनुसार कुनै पनि संस्थाको अधिकतम निष्क्रिय कर्जा पाँच प्रतिशतभन्दा कम हुनुपर्छ । तोकिएको मापदण्डभन्दा बढी भएको खण्डमा निष्क्रिय कर्जा तोकिएको मापदण्डसम्म नआइपुग्दाको अवस्थासम्म राष्ट्र बैंकले कारबाहीस्वरुप नयाँ शाखा सञ्चालनमा रोक लगाउने, नयाँ कर्मचारी भर्ना र सेवा सुविधा थपमा रोक लगाउने, निक्षेप तथा कर्जामा सीमा तोकिदिनेसम्मको कारबाही गर्न सक्ने व्यवस्था छ ।
राष्ट्र बैंकको निष्क्रिय कर्जासम्बन्धी यही व्यवस्थाको बाबजुत पनि लघुवित्त वित्तीय संस्थाहरूमा भने झण्डै २६ प्रतिशतसम्म कर्जा निष्क्रिय देखिएको छ । सञ्चालनमा रहेका ५१ वटा लघुवित्त संस्थाहरूमध्ये हालसम्म २९ वटा संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकोमा झण्डै तीनदेखि २६ प्रतिशतसम्म कर्जा निष्क्रिय देखिएको हो । लघुवित्त संस्थाहरूमा रहेको यही निष्क्रिय कर्जाले पनि पछिल्लो समय यस क्षेत्रमा वित्तीय जोखिम बढ्दै गएको देखिन्छ । अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आवको दोस्रो त्रैमासिकमा सबैभन्दा बढी निष्क्रिय कर्जा नेरुडे मिर्मिरेमा देखिएको छ भने सबैभन्दा कम छिमेक लघुवित्त वित्तीय संस्थामा देखिएको छ ।
सोअनुसार चालू आवको दोस्रो त्रैमासिकमा नेरुडेमा २५ दशमलव ७५ प्रतिशत कर्जा निष्क्रिय देखिँदा छिमेकमा दुई दशमलव ४५ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी संस्थाहरूमा यस्तो कर्जाको अनुपात क्रमशः आठ दशमलव ४७ र दुई दशमलव ७२ प्रतिशत रहेको थियो । नेष्डो समृद्ध, मेरो माइक्रो र सीवाईसी नेपाल लघुवित्तमा पनि पछिल्लो अवधिमा क्रमशः २१ दशमलव ६०, १९ दशमलव ५४ र १८ दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी संस्थाहरूमा क्रमशः २० दशमलव ९५, सात दशमलव ७८ र चार दशमलव ३५ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
युनिक नेपाल, इन्फिनिटी र एनआईसी एसिया लघुवित्तमा पनि चालू आवको दोस्रो त्रैमासमा क्रमश १८ दशमलव ३८, १७ दशमलव ८५ र १७ दशमलव ३८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी संस्थाहरूमा क्रमशः १९ दशमलव २५, नौ दशमलव ८५ र १३ दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । समता घरेलु, स्वावलम्बन र कालिका लघुवित्त वित्तीय संस्थामा पनि चालू आवको दोस्रो त्रैमासमा क्रमशः १३ दशमलव ३२, ११ दशमलव ७७ र ११ दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी संस्थाहरूमा क्रमशः सात दशमलव ८३, आठ दशमलव २८ र चार दशमलव ६७ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।चालू आवको दोस्रो त्रैमासमा आशा, उन्नति र ग्लोबल आईएमई लघुवित्तमा पनि क्रमशः १० दशमलव १५, नौ दशमलव ८६ र आठ दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी संस्थाहरूमा क्रमशः चार दशमलव ९२, चार दशमलव ८३ र चार दशमलव ५७ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
हिमालयन, डिप्रोक्स र मिथिला लघुवित्तमा पनि पछिल्लो अवधिमा क्रमशः आठ दशमलव ५८, आठ दशमलव ४३ र आठ दशमलव ३९ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी संस्थाहरूमा क्रमशः पाँच दशमलव ६२, छ दशमलव शून्य नौ र चार दशमलव ८५ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । स्वरोजगार, जीवन विकास, मानुषी र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थामा पनि पछिल्लो अवधिमा क्रमशः सात दशमलव ५५, पाँच दशमलव ९८, पाँच दशमलव ९७ र पाँच दशमलव २० प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी संस्थाहरूमा क्रमशः पाँच दशमलव शून्य चार, चार दशमलव ५६, पाँच दशमलव ४८ र दुई दशमलव ९१ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका मध्ये नौवटा संस्थाहरूमा भने निष्क्रिय कर्जाको अनुपात पाँच प्रतिशतभन्दा कम रहेको छ । जसमध्ये, स्वाभिमान, एनएमबी र फष्र्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाहरूमा चालू आवको दोस्रो त्रैमासमा क्रमशः चार दशमलव ९५, चार दशमलव ८३ र चार दशमलव ५२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी संस्थाहरूमा क्रमशः तीन दशमलव ४२, पाँच दशमलव ९६ र चार दशमलव ४४ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
अभियान, साना किसान र सर्पोट लघुवित्तमा पनि पछिल्लो अवधिमा क्रमशः चार दशमलव १५, चार र तीन दशमलव १७ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी संस्थाहरूमा क्रमशः चार दशमलव १४, दुई दशमलव २७ र एक दशमलव ७४ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । गुराँस र आरएसडीसीमा पनि पछिल्लो अवधिमा क्रमशः तीन दशमलव ३ र दुई दशमलव ८४ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी संस्थाहरूमा क्रमशः दुई दशमलव ७८ र दुई दशमलव ७१ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।