काठमाडौं । कुल निर्जीवन बीमाशुल्क संकलन रकम बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक बर्षको पछिल्लो छ महिना अर्थात पुस मसान्तसम्ममा सञ्चालनमा रहेका चार वटा लघुनिर्जीवन बीमा कम्पनी सहितका कुल १८ वटा निर्जीवन बीमा कम्पनीहरुको कुल निर्जीवन बीमाशुल्क संकलन रकम १४ दशमलव शुन्य छ प्रतिशतले बढेर २४ अर्ब ३० करोड २९ लाख ६१ हजार रुपैंयाँ पुगेको छ ।
गत आवको सोही अवधिमा यस्तो रकम २१ अर्ब ३० करोड ६५ लाख १९ हजार रुपैंयाँ रहेको थियो । चालू आवको पुस मसान्तसम्ममा १४ वटा निर्जीवन बीमा कम्पनीहरुले मात्र कुल १४ लाख १९ हजार पाँच सय ५८ वटा बीमालेख जारी गरी २३ अर्ब ६७ करोड ६२ लाख २३ हजार रुपैंयाँ कुल बीमाशुल्क संकलन गरेका छन । यसअवधिमा चार वटा लघु निर्जीवन बीमा कम्पनीहरुले मात्र भने कुल दुई लाख ३० हजार चार सय ९३ वटा बीमालेख जारी गरी ६२ करोड ६७ लाख ३८ हजार रुपैंयाँ कुल बीमाशुल्क आर्जन गरेका छन ।
प्राधिकरणका अनुसार चालू आवको पुस मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले जारी गरेको कुल निर्जीवन बीमालेखको संख्या भने १६ लाख ५० हजार ४१ रहेको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा पाँच दशमलव ९२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरुले कुल १५ लाख ५७ हजार सात सय ९० वटा मात्र बीमालेख जारी गरेका थिए । चालू आवको पुस मसान्तसम्ममा नेपाल इन्स्योरेन्स कम्पनीले मात्र ९६ हजार सात सय २६ वटा बीमालेख जारी गरी एक अर्ब १८ करोड १२ लाख ६० हजार रुपैंयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले २२ हजार पाँच सय ७८ वटा बीमालेख जारी गरी एक अर्ब ५० करोड १३ लाख २२ हजार रुपैंयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले भने पछिल्लो अवधिमा १२ हजार आठ सय १४ वटा बीमालेख जारी गरी ५६ करोड ७२ लाख ७७ हजार रुपैंयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । नेशनल इन्स्योेन्स कम्पनीले भने पछिल्लो अवधिमा १२ हजार छ सय २९ वटा बीमालेख जारी गरी ६९ करोड ९३ लाख १९ हजार रुपैंयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले पनि पछिल्लो अवधिमा एक लाख ४५ हजार आठ सय ८५ वटा बीमालेख जारी गरी एक अर्ब ८० करोड २८ लाख ५१ हजार रुपैंयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
प्राधिकरणका अनुसार प्रभु इन्स्योरेन्स कम्पनीले भने चालू आवको पछिल्लो छ महिनामा ४४ हजार एक सय ७८ वटा बीमालेख जारी गरी ९३ करोड ७२ लाख ६१ हजार रुपैंयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीले पनि चालू आवको पुस मसान्तसम्ममा एक लाख ५७ हजार छ सय नौ वटा बीमालेख जारी गरी दुई अर्ब ७७ करोड ६४ लाख २७ हजार रुपैंयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले भने पछिल्लो अवधिमा एक लाख छ हजार आठ सय ७४ वटा बीमालेख जारी गरी एक अर्ब ८७ करोड ९० लाख ७४ हजार रुपैंयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले पनि चालू आवको पुस मसान्तसम्ममा एक लाख ६० हजार नौं सय ३१ वटा बीमालेख जारी दुई अर्ब ४९ करोड २९ लाख १६ हजार रुपैंयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले भने चालू आवको पछिल्लो छ महिनाको अवधिमा ६२ ८८ वटा बीमालेख जारी गरी एक अर्ब ४२ करोड ८३ लाख ३७ हजार रुपैंयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले पनि चालू आवको पछिल्लो छ महिनाको अवधिमा एक लाख ३७ हजार नौं सय ६६ वटा बीमालेख जारी गरी दुई अर्ब १९ करोड ६५ लाख २७ हजार रुपैंयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
सगरमाथा इन्स्योेरेन्स कम्पनी (सलिको) ले पनि चालू आवको पुस मसान्तसम्ममा एक लाख ३२ हजार २२ वटा बीमालेख जारी गरी दुई अर्ब ६१ करोड ३३ लाख ९२ हजार रुपैंयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । आईजिआई प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनीले भने चालू आवको पछिल्लो छ महिनाको अवधिमा एक लाख नौं हजार सात सय १८ वटा बीमालेख जारी गरी दुई अर्ब छ करोड ८० लाख ९८ हजार रुपैंयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । प्राधिकरणका अनुसार युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीले पनि चालू आवको पछिल्लो छ महिनाको अवधिसम्ममा दुई लाख सात हजार पाँच सय ३० वटा बीमालेख जारी गरी एक अर्ब ५३ करोड २२ लाख २६ हजार रुपैंयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।