काठमाडौं । अख्तियार दु्रपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईको हत्या गर्न भन्दै तत्कालीन नेपाल नागरिक उड्डयन प्राधिकणमा महानिर्देशक प्रदिप अधिकारीबाट सुपारी लिएर धम्की दिने एक्सट्रिमिस्ट गु्रप अफ नेपाल (ईजीएन)का अध्यक्ष प्रकाश पाठकले मोर्चाबन्दी गर्दै चुनाव भाड््न १० जनाको हत्या गर्न गरिएको सम्झौताको पत्र सार्वजनिक भएको छ ।
आर्थिक दैनिकलाई प्राप्त गोप्य पत्रमा चुनाव भाड््ने समूहले चुनावअघि १० जनाको हत्या गर्ने रणनीतिस्वरुप दुर्गा प्रसाईँलाई १० जनाको समूहबाट निकालेर निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको हत्या गर्र्ने योजना बनाएको सो पत्रमा उल्लेख छ ।
जेन–जी आन्दोलनको समयमा लुटिएका हातहतियार प्रयोग गर्ने बताएको उग्रवादी समूहको कमान्डर पाठक नेतृत्वको सो समूहले विष्फोटक पदार्थ समेत विभिन्न जिल्लामा पुर्याएको र चुनावलक्षित हत्या र विष्फोट गर्न भागेका कैदीसहित भारतीय सुटरहरु समेत नेपाल ल्याएको बताएको छ ।
इजीएनका अध्यक्ष पाठकको हस्ताक्षर रहेको सो पत्रमा दुर्गा प्रसाई, कल्याण श्रेष्ठ वा अन्य सक्षम व्यक्तित्वलाई नयाँ प्रधानमन्त्रीको रुपमा अगाडी सारी, प्रत्यक्ष निवाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपतिक सांसदहरुको निर्वाचन गराउने सर्तसहित आन्दोलन चकाउने र चुनाव हुन नदिने रणनीति गरिने उल्लेख छ ।
पुरानो व्यवस्थामा चुनाव गराउँदा जेन–जीको अर्थ न हुने हुँदा चुबावविरोधी दलहरूसँग सकेसम्म सहकार्य गरिने र कुनै हालतमा चुवाव रद्द गर्र्ने भूमिका निर्वाह गरिने आर्थिक दैनिकलाई प्राप्त पत्रमा उल्लेख छ ।
एक्टभिस्टी गु्रप अफ नेपाल (ईजीएन)ले पठाएको मृत्युदण्ड दिने भनी उल्लेख गरिएको १० जनाको सूचीमा अख्तियार प्रमुख राईको अलावा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, नेपाल आयल निगमका पूर्वप्रबन्ध निर्देशक गोपालबहादुर खड्का, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्की, विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाई को ठाउँमा निर्वाचन आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, नेपाल प्रहरीका पूर्वआईजीपीत्रय ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेश चन्द्र ठकुरीको रहेको बताइएको छ ।
पत्रमार्फत देशमा हत्या हिंसा मच्चाएर चुनाव हुन नदिने रणनीति बनाएको बताउने ईजीएनका अध्यक्ष पाठक भने गत बुधवार पक्राउ परेर ६ वटा मुद्दामा म्याद थप गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसद काठमाडौंले जनाएको छ ।