काठमाडौं । नबिल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनी समूहको एक लाख २५ हजार कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकले हाल विद्यमान सेयरधनीहरूले मात्रै खरिद गर्न पाउने गरी उक्त सेयर बिक्रीमा राखेको हो ।
बैंकका अनुसार जीतबहादुर श्रेष्ठको नाममा रहेको ५० हजार कित्ता, जिज्ञासा अर्यालको नामको ५० हजार कित्ता र जश श्रेष्ठको नाममा रहेको २५ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ । बैंकले सेयर किन्न इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । उक्त सेयरको मूल्य तीन सय एक रुपैयाँ १० पैसा तोकिएको छ । सेयर किन्न इच्छुक सेयरधनीले नबिल इन्भेष्टभेन्ट बैंकिङ नक्सालबाट आवेदन फारम लिन सक्ने बैंकले जानकारी दिएको छ ।