काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा तीन करोड ५३ लाख ४९ हजार चार सय १८ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा आठ करोड ३४ लाख ३७ हजार छ सय १५ रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी ६२ करोड ८३ लाख ५७ हजार तीन सय ३७ रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा चार अर्ब ५१ करोड ३६ लाख ५७ हजार नौ सय ४६ रुपैंयाँ निक्षेप संकलन गरी १० अर्ब ४६ करोड ४७ लाख ३२ हजार चार सय पाँच रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २६ करोड ९० लाख दुई सय ७३ रुपैंयाँ खुद व्याज आम्दानी गरेको संस्थामा १० दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले चार अर्ब २७ करोड ६० लाख ६७ हजार छ सय ५९ रुपैंयाँ निक्षेप संकलन गरी १० अर्ब ४० करोड ५४ लाख ११ हजार नौ सय ७५ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १८ करोड ५७ लाख १४ हजार ५९ रुपैंयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा नौ दशमलव ६३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।