काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ९० लाख ८८ हजार पाँच सय ५९ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड ९९ लाख ५८ हजार सात सय ३० रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी १७ करोड आठ लाख रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा ७१ करोड १९ लाख सात हजार छ सय ६७ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ५० लाख ३४ हजार छ सय २४ रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड ६८ लाख ८४ हजार आठ सय ६८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा सात दशमलव २५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले ६२ करोड ४७ लाख ५१ हजार नौ सय १० रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ८५ करोड ८८ लाख ७७ हजार तीन सय ७० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड नौ लाख ८८ हजार एक सय २० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ८९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।