काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा तीन करोड ३८ लाख १५ हजार दुई सय २९ रुपैंयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड ७५ लाख ९१ हजार तीन सय ४९ रुपैंयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ४४ करोड १६ लाख ६२ हजार एक सय रुपैंयाँ रहेको संस्थाले चालु आवको दोस्रो त्रैमासमा दुई अर्ब ७३ करोड ८५ लाख २९ हजार पाँच सय छ रुपैंयाँ निक्षेप संकलन गरी पाँच अर्ब ८९ करोड ७४ लाख १८ हजार आठ सय ८० रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २२ करोड ५६ लाख २९ हजार आठ सय ४५ रुपैंयाँ खुद व्याज आम्दानी गरेको संस्थामा १३ दशमलव शुन्य चार प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले दुई अर्ब ६० करोड ६० लाख १४ हजार चार सय ४८ रुपैंयाँ निक्षेप संकलन गरी पाँच अर्ब ६५ करोड ५९ लाख ७५ हजार दुई सय ७८ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १९ करोड ७२ लाख ३० हजार नौं सय ९३ रुपैंयाँ खुद व्याज आम्दानी गरेको संस्थामा आठ दशमलव ४७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।