काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ३६ करोड ६६ लाख ९७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा २१ करोड ५२ लाख ९१ हजार रुपैंयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब ५२ करोड १३ लाख ६३ हजार रुपैंयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा सात अर्ब छ करोड ११ लाख ८३ हजार रुपैंयाँ निक्षेप संकलन गरी २६ अर्ब ७४ करोड ८३ लाख २१ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ९० करोड २२ लाख ४१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले छ अर्ब ४६ करोड ४७ लाख ६६ हजार रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब ३३ करोड ५४ लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ६६ करोड ३८ लाख २६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव शून्य चार प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।