काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले जनकपुरस्थित मिथिला यात्रीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइेओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी मधेश प्रदेशबाट योग्य भएका ७७ जना अभिकर्ताहरूसहित विभागिय प्रमुखहरू, प्रदेश प्रमुख एवं मधेश प्रदेशअन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले सीईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई सम्मान गरेको हो ।
प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले पानसमा द्विप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा मधेश प्रदेशबाट सीईओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरूलाई सईओे क्बलको सदस्यता वितरण तथा सम्मान गरेका थिए भने नेसनल रत्न र नेसनल स्टार विजेता अभिकर्ताहरूलाई पनि नेसनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरिएको थियो ।
यसका साथै सो प्रदेशबाट आफ्नो कोड र सञ्जलमा प्रथम द्वित्तीय र तृत्तीय हुन सफल उत्कृष्ट अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो । सम्मानका क्रममा, प्रमुख कार्यकारी अधिकृतले कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै सबै तहका अभिकर्ताहरूको लागि अभिकर्तामैत्री योजना ल्याउने क्रममा वार्षिकरुपमा प्रदेशस्तरीय कार्यक्रम गर्नेगरी सीईओ क्लबको अवधारणा ल्याएको र यस अवधारणाअन्तर्गत सीईओ क्लबमा नेपालभरबाट एक हजार छ सय जनाभन्दा बढी अभकिर्ताहरू छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको बताए ।
सो समारोहमा उपस्थित अभिकर्ताहरूलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षकलसैयद अफ्जल अहमदले व्यावसायिक दक्षता अभिवृद्धि गर्ने सम्बन्धमा विभिन्न उदाहरणमार्फत महत्वपूर्ण तालिम प्रदान गरेका थिए । यसैगरी सो प्रदेशबाट उत्कृष्ट हुने अभिकर्ताहरूमध्ये जनकपुर शाखाका लक्ष्मण पण्डित र लाहान शाखाका श्यामचन्द्र राईले आफ्नो व्यावसायिक अनुभव व्यक्त गरेका थिए भने सहभागी अभिकर्ताहरूले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नो क्षेत्रमा सम्मान ग्रहण गर्न पाउँदा मेहेनतको कदर भएको र यस प्रकारको उत्कृष्ट तालिमको व्यवस्था गरेकोमा कम्पनी प्रति आभार व्यक्त गरेका थिए ।