मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्। प्रहरीका अनुसार उनलाई सोमबार साँझ भक्तपुरस्थित निवासबाटै नियन्त्रणमा लिइएको हो।यसअघि प्रसाईंलाई माघ २३ गते दक्षिणकाली नगरपालिका–स्थित चाल्नाखेल बाट पक्राउ गरिएको थियो। त्यसको दुई दिनपछि माघ २५ गते उनी हाजिरी जमानीमा रिहा भएका थिए। प्रहरी स्रोतका अनुसार प्रसाईंलाई निर्वाचन बिथोल्ने खालका अभिव्यक्ति दिएको आरोपमा पुनः पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।