काठमाडौं, शेयर बजार परिसुचक नेप्से खुम्चिएको छ । साताको दोस्र्रो कारोबार दिन आज सोमबार नेप्से परिसुचक आठ दशमलव १६ अंकले ओरालो लागेर २६ सय ६२ दशमलव ९१ बिन्दुमा खुम्चिएको छ ।यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव शुन्य छ अंकले ओरालो लागेर चार सय ५५ दशमलव ६६ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ३५ वटा कम्पनीहरुको ८० हजार पाँच सय ५९ पटकको कारोबारमा एक करोड ९६ लाख १६ हजार तीन सय ९५ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा सात अर्ब ९४ करोड २७ लाख ६० हजार दुई सय २० रुपैंयाँको शेयर किनबेच भएको छ । धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स, होटल तथा पर्यटन र उत्पादनमुलक उपसमुहको सुचक उकालो लागेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार उपसमुहको सुचक ओरालो लागेका छन् ।