काठमाडौँ । बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा (एनपीएल)को ग्राफ चुलिएको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरूले कुल ५७ खर्ब ८१ अर्ब ४५ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा पाँच दशमलव ४२ प्रतिशतका दरले हुन आउने तीन खर्ब १३ अर्ब ३५ करोड ४८ लाख ६१ हजार रुपैयाँबराबरको कर्जा निष्क्रिय देखिएको छ ।
यो कर्जा गत आवको सोही अवधिको तुलनामा शून्य दशमलव पाँच प्रतिशत अर्थात् ४६ अर्ब २६ करोड ६५ लाख ११ हजार रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूले कुल ५४ खर्ब २८ अर्ब ६२ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा चार दशमलव ९२ प्रतिशतका दरले हुन आउने दुई खर्ब ६७ अर्ब आठ करोड ८३ लाख ५० हजार रुपैयाँबराबरको कर्जा निष्क्रिय देखिएको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आवको पुस मसान्तसम्ममा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले मात्र कुल ५१ खर्ब ३९ अर्ब १३ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा पाँच दशमलव २६ प्रतिशतका दरले हुन आउने दुई खर्ब ७० अर्ब ३१ करोड ८५ लाख एक हजार रुपैयाँबराबरको कर्जा निष्क्रिय देखिएको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा शून्य दशमलव ५३ प्रतिशत अर्थात् ४२ अर्ब ९१ करोड ३५ लाख ८१ हजार पाँच सय रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूले कुल ४८ खर्ब सात अर्ब ७१ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा चार दशमलव ७३ प्रतिशतका दरले हुन आउने दुई खर्ब २७ अर्ब ४० करोड ४९ लाख १९ हजार पाँच सय रुपैयाँबराबरको कर्जा निष्क्रिय देखिएको छ ।
सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूले भने चालू आवको दोस्रो त्रैमासिक अवधिसम्ममा कुल पाँच खर्ब ३६ अर्ब ९५ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा पाँच दशमलव ७५ प्रतिशतका दरले हुन आउने ३० अर्ब ८७ करोड ४८ लाख ५५ हजार रुपैयाँबराबरको कर्जा निष्क्रिय देखिएको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा शून्य दशमलव ६४ प्रतिशत अर्थात् चार अर्ब ४१ करोड ४२ लाख ३८ हजार आठ सय रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरूले पाँच खर्ब १७ अर्ब ७४ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा पाँच दशमलव ११ प्रतिशतका दरले हुन आउने २६ अर्ब ४५ करोड ६६ लाख १६ हजार दुई सय रुपैयाँबराबरको कर्जा निष्क्रिय देखिएको थियो ।
राष्ट्र बैंकका सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरूले भने चालू आवको पुस मसान्तसम्ममा एक खर्ब पाँच अर्ब ३६ करोड ६० लाख रुपैयाँबराबरको कर्जा प्रवाह गर्दा ११ दशमलव ८६ प्रतिशतका दरले हुन आउने १२ अर्ब ४९ करोड ६४ लाख सात हजार छ सय रुपैयाँबराबरको कर्जा निष्क्रिय देखिएको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा शून्य दशमलव ९९ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले कुल एक खर्ब तीन अर्ब १६ करोड ८० लाख रुपैयाँबराबरको कर्जा प्रवाह गर्दा १२ दशमलव ८५ प्रतिशतका दरले हुन आउने १३ अर्ब २५ करोड ७० लाख ८८ हजार रुपैयाँबराबरको कर्जा निष्क्रिय देखिएको थियो ।